logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

युरोपा लिग: एथलेटिको मड्रिडले लिस्बोनसँग २–१ को जित निकाल्दै सेमिफाइनलमा


  • राजनीति
  • शुक्रबार, चैत्र ३० २०७४

काठमाडौं । एथलेटिको मड्रिडले युरोपा लिगको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । गएराति क्वाटरफाइनलको दोस्रो लेगमा लिस्बोनसँग १–० ले हारे पनि समग्रमा २–१ को जित निकाल्दै एथलेटिको सेमिफाइनलमा पुगेको हो ।

२८ औं मिनेटमा फ्रेडी मोन्टेरोले गरेको गोल नै निर्णायक भयो ।

बिहीबार राति नै भएको अर्को खेलबाट आर्सनल पनि सेमिफाइनमा पुगेको छ । रसियन क्लब मस्कोसँग दुई–दुई गोलको बराबरीमा रोकिए पनि समग्रमा ६–३ को नतिजासहित आर्सनल सेमिफाइनलमा पुगेको हो ।

खेलको ५० मिनेटसम्म पनि २–० ले पछि परेको आर्सनल इन्जुरी समयमा बराबरी गर्न सफल भयो ।

खेलको ३९ औं मिनेटमा चालोभको गोलबाट मस्कोले सुरुआती अग्रता लिएको थियो । त्यसपछि ५० औं मिनेटमा नाबाकिनले अर्को एक गोल थप्दै खेललाई २–० को अवस्थामा पुर्‍याए ।

दबावमा परेको आर्सनल कमब्याक गर्दै मिनेटभित्र २ गोल गर्न सफल भयो । ७५ औं मिनेटमा बेलबेकले र इन्जुरी समयमा आरोन राम्सेले एक–एक गोल गरेका थिए ।

बिहीबार नै भएको अर्को खेलबाट आरबी साल्जवर्ग पनि ६–५ को नतिजासहित सेमिफाइनलमा पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार