logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मेसी र स्वारेज खेलमा फर्किए, अर्को साता लालिगा खेल्ने


  • एजेन्सी
  • आइतबार, जेष्ठ २५ २०७७

खुट्टामा सामान्य चोट लागेका कारण घाइते भई दुई लिगमा सहभागी हुन नसकेका बार्सिलोनाका जादुमयी फुटबल खेलाडी लियोनल मेसी अभ्यासका लागि बार्सिलोनाको क्याम्प नोउ रंगशालामा शनिबारदेखि उपस्थित भएका छन्।

त्यसैगरी सोही समूहका अर्का खेलाडी लुइस स्वारेज पनि आगामी हप्ता हुने खेलमा खेल्न सक्ने स्पेनी क्लब बार्सिलोनाले जनाएको छ। मेस्सीले बुधबार र शुक्रबारको अभ्यासलाई मैदानमा नछिरिकन निरन्तरता दिए पनि शनिबारदेखि अभ्यासका लागि मैदानमा छिरे पनि छेउछाउबाट अभ्यास गरेका स्पेनी सञ्चारमाध्यमले जनाएका छन्।

ला लिगाको नेतृत्वदायी टिम बार्सिलोनाले मध्य मार्चपछि पहिलो खेल रियल मालोर्सामा आगामी हप्ता खेल्दै छ । स्वारेज पनि घुँडामा लागेको चोटका कारण गत जनवरीमा भएको शल्यक्रियापछि पहिलो पटक बार्सिलोनाको लागि खेल्दै छन्।

स्वारेजले अभ्यासका क्रममा दुखाई महसुस नगरेको जनाएपछि बार्सिलोनाले खेलमा फर्काएको हो। यो सत्रमा मेसी र स्वारेजको सहकार्यमा सबै प्रतिस्पर्धामा बार्सिलोनाका लागि कूल ३८ गोल भएका छन्।

बार्सिलोनाले रियल मेड्रिडलाई दुई अङ्कले पछि पार्दै तालिकाको शीर्ष स्थान जमाएको छ। अब लिगमा एक क्बले ११ खेल खेल्न बाँकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार