logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बिश्वकप फुटबल २०२२ को खेल तालिका सार्वजनिक


  • राजनीति
  • बिहिबार, साउन १ २०७७

सन २०२२ मा कतारमा हुने विश्वकप फुटबलको खेल तालिका सार्वजनिक गरिएको छ।

जसअनुसार कतार विश्वकपको उद्घाटन नोभेम्बर २१ तारिखमा अल बायत रंगशालमा हुनेछ। ६० क्षमता हजार दर्शक अट्ने रंगशालामा उद्घाटन खेल हुने छ। यसैगरी विश्वकपको फाइनल खेल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ।

प्रतियोगिताको समुह चरणका बेला हरेक दिन चार वटा फरक रंगशालामा चार खेल हुनेछन। कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन।

यसअघि जुन र जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको हो। कतारमा जुन जुलाईमा अत्याधिक गर्मी हुने भएकाले विश्वकप फुटबल नोभेम्बरमा सारिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार