राजनीति
काठमाडौं- रसियामा जारि विश्वकपको ‘राउण्ड अफ सिक्सटिन’ (दोस्रो चरण)मा फ्रान्स प्रवेश गरेको छ।
पेरु बिरुद्धको खेलमा १-०को बिजय हासिल गर्दै फ्रान्स ६ अंकका साथ दोस्रो चरणमा प्रवेश गर्ने पक्का भएको हो। उक्त समुहमा डेनमार्क ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने अष्ट्रेलियाको १ अंक रहेको छ। पेरु अंकबिहिन रहेको छ।
३४औं मिनेटमा फ्रान्सका कायलिन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। एमबाप्पे फ्रान्सकालागि १९ बर्षमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन्।
अर्जेन्टिनाको लज्जास्पद पराजय,क्रोएसिया सङ्ग खाए तीन गोल(हेर्नुस हाइटलाइट)
काठमाडौं- लियोनल मेस्सीको टोली अर्जेन्टिनालाई ३-० गोलले पराजित गर्दै क्रोएसियाले दोस्रो चरणको स्थान पक्का गरेको छ।
खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुई टोलीमा दोस्रो हाफमा अर्जेन्टिनाका गोलकिपरको गल्तीको फाईदा उठाउँदै आन्ट रेबिचले गोल गर्दै क्रोएसीयालाई १-०को अग्रता दिलाएका थिए।
त्यसैगरि खेलको ८०औं मिनेटमा क्रोएसियाका लुका मोडरिचले करिब डि-एरिया बाहिर बाट दर्शनीय गोल गर्दै स्कोर २-० बनाएका थिए। त्यसैगरि ९१औं मिनेटमा ईभान राकिटिचले गोल गर्दै ३-०को जित दिलाएका थिए।
यो खेल सँगै ५ पटक भिडेका अर्जेन्टिना र क्रोएसियामा दुवैले २-२ जित र १ बराबरको नतिजा निकालेका छन्।
समुह ‘डि’को खेलमा आईसल्याण्ड र नाईजेरियाको खेलको नतिजाले अर्जेन्टिना दोस्रो चरणमा जान सजिलो वा गाह्रो हुने निर्णय गर्नेछ। आईसल्याण्डले १ खेलमा १ अंक जोडेको छ भने अर्जेन्टिनाको २ खेलमा १ अंक रहेको छ।