logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

तेस्राे स्थानका लागि आज माेरक्काे र क्राेसिया भिड्दै


  • राजनीति
  • शनिबार, पुष २ २०७९

कतारमा जारी फिफा विश्वकपको कांस्य पदकका लागि क्रोएसिया र मोरक्कोे बीच भिडन्त हुँदैछ। शनिबार राति खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलबाट तेस्रो स्थानको टुंगो लाग्नेछ।
कतारमा जारी २२औं फिफा विश्वकपमा आज क्रोएसियार मोरोक्कोबीच खेल हुँदैछ ।

सेमी फाइनलमा पराजित भएका यी दुई राष्ट्रले तेस्रो स्थानका लागि आज खेल्न लागेका हुन् । खेल राति ८ ४५ बजे खालिफा स्टेडिएममा हुनेछ ।

क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३-० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो । सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २-० ले पराजित भएको थियो ।

यी दुवै टोलीको समूह चरणमै भेट भएको थियो । उक्त खेल बराबरी गर्दै दुवै टिमले अंक बाँडेका थिए । क्रोएसिया साविकको उपविजेता हो भने मोरोक्को पहिलो पटक सेमिफाइनलसम्म पुगेको राष्ट्र हो ।

यो विश्वकपको फाइनल खेल भने आइतबार राति पौने ९ बजे हुनेछ । फाइनलमा साविक विजेता फ्रान्स र पूर्वविजेता अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार