logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एसियन गेम्सकाे लागि क्रिकेट टाेलीकाे विदाई, सन्दीप उपस्थिति भएनन्


  • राजनीति
  • आइतबार, असोज ७ २०८०

चिनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहकाबीच नवनिर्वाचित नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले टोलीको बिदाइ गरेका हुन् ।

बिदाइ समारोहमा क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का उपस्थित थिए । नेपाली क्रिकेट टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने भने बिदाइ समारोहमा उपस्थित भएनन् । उनको मुद्दाको पेसी आज तोकिएका कारण उनी टीमसँगै नगएका हुन् ।

मुद्दाको आज छिनोफानो भए वा पेसी सरेमा उनी मंगलवारसम्म प्रतियोगितामा सहभागी हुन चीन जानेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार