logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

२८ पटक पेसी ताेकिदापनी स्थगित भयाे सन्दीपकाे मुद्दा, समर्थकहरु खनिए अदालत र न्यायाधीशमाथी


  • राजनीति
  • आइतबार, असोज ७ २०८०

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ ।

आज सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा चढेन । न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन् ।

सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएका हुन् । उक्त मुद्दाको पेसी अब कहिले तोकिन्छ भन्ने टुंगो छैन ।

यता सामाजिक सञ्जालमा क्रिकेट समर्थक तथा सन्दीपका फ्यानहरु अदालत न्यायाधीश र वकिलमाथी खनिएका छन् । आज गरेर २९ पटक पेसी स्थगित भएको भन्दै उनिहरुले सामाजिक सञ्जालमा चर्काे बिराेध गरिरहेका छन् ।

लामिछाने दाेषी भए जेल हाल्न र निर्दाेष भए मुक्त गर्न भन्दै अदालत न्यायाधीश र वकिलहरुसंग अपिल समेत गरेका छन् । साथै उनिहरुले मान्छे मार्नेहरुलाइ आम माफी दिदा खेलाडीमाथी आर्थिक शाेषण गर्ने नियतले मुद्दा पटकपटक स्थिगत गर्न लगाएकाे आराेप लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार