logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राेहित शर्माकाे विश्वकिर्तिमानी कुशल मल्लले ताेडे


  • राजनीति
  • बुधबार, असोज १० २०८०

नेपालका बायाँ हाते युवा ब्याट्सम्यान कुशल मल्लले अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विश्व कीर्तिमान बनाएका छन् । मल्ल अन्तर्राष्ट्रिय टी–२० फम्यार्टमा कम बलमा शतक प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । उनले यो उपलब्धी चीनको हाङझाउमा चलिरहेको १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध बनाएका हुन् ।

मंगोलियाले नेपाललाई पहिलो ब्याटिङ गर्न निम्तो दिएको थियो । पहिलो ब्याटिङ अवसर पाएको नेपालका मल्लले ३४ बलमा १०० रनकाे दुर्लभ विश्व कीर्तिमान बनाए । यसअघि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा भारतका कप्तान रोहित शर्मा, दक्षिण अफ्रिकाका डेभिड भिलर र चेक रिपब्लिकनका सुदेश विक्रमसेखरले समान ३५ बलमा शतक बनाएका थिए।

टी–२० फम्यार्टमा वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलको नाममा कम बलमा शतक रहेको छ । उनले सन् २०१३ मा इन्डियन प्रिमियर लिगमा वेग्लोरबाट प्रतिनिधित्व गर्दै पुणेविरुद्ध ३० बलमा शतक बनाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार