logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अस्ट्रेलिया र भारतकाे खेलमा नेपालकाे विश्व किर्तीमानकाे चर्चा


  • राजनीति
  • बुधबार, असोज १० २०८०

चिनमा जारी एसियन गेम्समा पुरुष क्रिकेटतर्फ आज भएको खेलमा नेपालले अनेक विश्व कीर्तिमानको वर्षा गर्‍यो । नेपालको प्रदर्शनले अन्तर्राष्ट्रिय मिडियाहरुमा पनि निकै चर्चा पाइरहेको छ ।

मंगोलियाविरुद्धको खेलमा नेपाली टीम र खेलाडीले कम्तीमा आठवटा विश्व कीर्तिमान राखेका छन् । ती सबै टी-१० का महत्वपूर्ण कीर्तिमान हुन् । भारतका ब्याट्सम्यान युवराज सिंहदेखि रोहित शर्मा र दक्षिण अफ्रिकाका डेभिड मिलरका नाममा रहेका रेकर्डहरु भत्किएका छन् । भलै नेपालले कमजोर टीमविरुद्ध खेल्दै थियो । तर, रेकर्ड त आखिर रेकर्ड नै हो ।

नेपालको आजको प्रदर्शनको चर्चा भारत र अष्ट्रेलियाबीचको खेलका क्रममा पनि भयो । कमेन्टेटरहरुले टी-२० का थुप्रै विश्व कीर्तिमान नेपालले भत्काएको भन्दै प्रशंसा गरेका थिए । अष्ट्रेलियन कमेन्टेटर मार्क वा र भारतीय कमेन्टेटर रवि शास्त्रीबीच नेपाली क्रिकेटबारे कुराकानी भएको थियो ।

नेपालले टी-२० क्रिकेटमा सर्वाधिक रन र सर्वाधिक छिटो शतक र अर्धशतक प्रहार गरेको प्रसंग रवि शास्त्रीले निकालेका थिए । त्यो सुनेर मार्क वाले आश्चर्य व्यक्त गरे । शास्त्रीले एसिया कपमा नेपालले भारतविरुद्ध खेलेको म्याच पनि सम्झिए ।

‘नेपालका ब्याट्सम्यानले सर्ट बललाई निकै राम्रोसँग खेलेका थिए । उनीहरुले भारतका बलरहरुसँग नडराइकन सर्ट बलमाथि आक्रामक सटहरु प्रहार गरे’, शास्त्रीले सुनाए । उनले नेपालसँग केही राम्रा हिटरहरु रहेको र नेपालको स्पिन आक्रमण पनि स्तरीय रहेको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार