logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

क्वाटरफाइनलका लागि आज नेपाल भारतसंग भिड्दै


  • राजनीति
  • मंगलबार, असोज १६ २०८०

नेपाली राष्ट्रिय क्रिकेट टिमले चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा सेमिफाइनल प्रवेश भिडन्तमा आज (मंगलबार) भारतसँग खेल्दै छ। नेपाली समय अनुसार अहिले बिहान ६:४५ मा झेजिङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा खेल सुरु हुने छ।

नेपालले समूहचरणमा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनको विश्व कीर्तमानी स्कोरले हराउँदै क्वाटरफाइनल प्रवेश गर्दा भारतले भने सिंधै क्वाटरफाइनलमा स्थान बनाएको हो। भारतले आफ्नो दोस्रो रोजाइको टिम चीनमा पठाएको छ। ऋतुराज गायकवाडको कप्तानीमा रहेको टिममा अधिकांस खेलाडीले राष्ट्रिय टिमको अनुभव बटुलिसकेका छन्। साथे आइपिएलमा धुवाँधार प्रदर्शन गरेकाले भारतीय टिम उपाधि दाबेदार हो। नेपालले टी-२० अन्तराष्ट्रियमा पहिलो पटक भारत विरुद्ध खेल्न लागेको हो।

नेपाल लगातार दोस्रो महिना भारतसँग खेल्न लागेको हो। अघिल्लो महिना एसियाकप क्रिकेटमा नेपालले एकदिवसीय खेलमा भारत र पाकिस्तानको सिनियर टिमसँग प्रतिस्पर्धा गरेको थियो। क्वाटरफाइनलमा सबै टेस्ट टिमले सोझै स्थान बनाउँदा सबै टेस्ट टोलीले विश्वकपको कारण दोस्रो रोजाईको टोली पठाएका छन्।

नेपालको टोली:

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक कुमार यादव, प्रतिश जि।सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर)

भारतीय टोली:

ऋतुराज गायकवाड (कप्तान), आकश दिप, अर्सदीप सिंह, आभेस खान, शिभंम दुवे, यशश्वी जैशवाल, मुकेश कुमार प्रभसिम्रन सिंह (विकेट किपर),रवि विश्वई, शहवाज अहमेद, जितेश शर्मा, रिन्कु सिंह, तिलक बर्मा, राहुल त्रिपाठी, वासिंगटन सुन्दर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार