logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

खेलकुद प्रतिभा सम्मान कार्यविधि खारेज


  • राजनीति
  • बुधबार, असोज १७ २०८०

हिजाे सरकारले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि खारेज गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कार्यविधि खारेज गर्ने निर्णय गरेको हो ।

यो कार्यविधिअनुसार पुरस्कार दिन निकै झन्झटिलो भएकाले खारेज गर्ने निर्णय गरिएको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बताए ।

उनका अनुसार कार्यविधिमा पुरस्कार दिन अर्थ मन्त्रालयको सहमति दिनेदेखि मन्त्रिपरिषद्मा लैजानुपर्ने झन्जिटिलो प्रक्रियामा थियो ।

‘एक लाख पुरस्कार दिन मन्त्रिरिषद्‍मा लैजानु पर्ने अवस्था रह्यो’ उनले भने, ‘अब मन्त्रीस्तरबाटै निर्णय गर्नसक्ने गरी नयाँ कार्यविधि बनाउन पुरानो खारेज गरिएको हो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार