logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

करातेमा नेपाललाई सफलता, एरिकालाई रजत पदक पक्का


  • राजनीति
  • शनिबार, असोज २० २०८०

नेपालले कराँतेमा पहिलो पटक कम्तिमा रजत पदक जित्ने पक्का भएको छ। नेपाली कराँते खेलाडी एरिका गुरुङ १९ औँ एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी छन्।

सेमिफाइनलमा हङकङकी यान काइ होलाई ८–४ अङ्कले पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन्। उनी नेपाली कराँतेमा पहिलो पटक स्वर्णका लागि भिड्न लागेकी हुन्।

यसअघि कराँतेले एसियाली खेलकुदमा पछिल्लो पटक २०१४ मा काश्य पदक जितेको थियो। यसअघि क्वार्टरफाइनलमा एरिकाले जापानकी युजुकी सावाएलाई सेन्सु (पहिलो अङ्क) का आधारमा हराउँदै एतिहासिक जित निकालेको थिइन्।

उनले १–१ को बराबरी भएपछि पहिलो अङ्कको आधारमा सेमिफाइनलमा स्थान बनाइन्। यससँगै नेपालको १९ औँ एसियाडमा दोस्रो पदक जित्ने पक्का भएको छ। यसअघि महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार