logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

इंग्ल्याण्डले पहिलो जित, बंगलादेश १३७ रनले पराजित


  • राजनीति
  • मंगलबार, असोज २३ २०८०

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डले पहिलो जित निकालेको छ।

बंगलादेशलाई १३७ रनको पराजित गर्दै इंग्ल्याण्डले भारतमा जारी विश्वकप क्रिकेटमा पहिलो जित दर्ता गरेको हो। पहिलो खेलमा इंग्ल्याण्ड न्यूजिल्याण्डसँग ९ विकेटले पराजित भएको थियो।

३६५ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८.२ ओभरमा अलआउट हुँदै २२६ रनमा समेटिन पुग्यो। उसका लागि लिट्टन दासले ७६ र मुस्ताफिजुर रहिमले ५१ रनको अर्धशतकीय पारी खेले।

त्यसबाहेक टोहिद हृदोय ३९, टस्किन अहमद १५, म्हेदी हसन १४, शोरिफूल इस्लाम १२ रनमा आउट हुँदा मुस्ताफिजुर रहमानले अविजित ३ रन जोडे।

बंगलादेशका सकीब अल हसन र टन्जिद हसन समान एक रनमा हुँदा नजमुल होसेन सान्तो डक भए। इंग्ल्याण्डका रीस टोप्लेले चार, क्रिस वोक्सले दुई तथा मार्क वुड, आदिल रसिद, साम करण र लियम लिभिङस्टोनले समान एक-एक विकेट लिए।

त्यसअघि धर्मशाला क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३६४ रन जोड्यो।

उसका लागि डेविड मलानले १०७ बलमा १६ चौका र ५ छक्काको मद्दतमा १४० रनको शतकीय पारी खेले।

जो रुटले ८२ र जोनी बेयरिस्टोले ५२ रनको अर्धशतकीय पारी खेल्दा जोस बट्लर र ह्यारी ब्रुकले २०-२० रनको पारी खेले।

क्रिस वोक्स १४, साम करण ११, अदिल रसिद ११ रनमा आउट हुँदा मार्क वुड र रीस टोप्लेले अविजित रहँदै क्रमशः ६ र १ रन जोडे।

बंगलादेशका म्हेदी हसनले चार, शोरिफूल इस्लामले तीन तथा टस्किन अहमद र सकिब अल हसनले समान एक-एक विकेट लिए।

यसअघि भएको पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार