logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आज नेपाल र युएई बिच खेल हुँदै


  • राजनीति
  • बुधबार, कार्तिक १ २०८०

नेपाल हङकङ र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला आजदेखि सुरु हुँदै छ । शृङ्खलाको पहिलो खेलमा नेपाली टिमले आज युएईसँग खेल्नेछ ।

नेपालले कात्तिक २ गते हङकङसँग, कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते युएईको सामना गर्ने तालिका छ । युएई र हङकङबीच भने कात्तिक ५ र ८ गते प्रतिस्पर्धा हुनेछ ।

एकअर्कासँग समान दुई खेल खेलेपछि अंकतालिकाको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । शृङ्खलाको फाइनल खेल कात्तिक १० गते हुनेछ ।

शृङ्खलाको फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान तथा अन्य खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन् । सबै खेलहरू बिहान ११ बजे हुनेछ ।

रोहितकुमारको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख ९विकेटकिपर०, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर), सन्दीप जोरा, श्याम ढकाल (मौसम), विवेक यादव, अविनाश बोहरा, सागर ढकाल, सूर्य तामाङ र लोकेश बम छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार