logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मलेसियाले नेपाललाई दियाे १६६ रनकाे लक्ष्य


  • राजनीति
  • मंगलबार, कार्तिक १४ २०८०

टी-२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो ।

मलेसियाका लागि सैयद अजिजले ६८, जुबादी जुल्किफ्लेले २४, सर्विन मुनियान्दे र विजय उन्नीले १३ रन जोडे । बलिङतर्फ नेपालका अविनाश बोहराले ४, रोहित पौडेल, सन्दीप लामिछाने र गुल्सन झाले १÷१ विकेट लिए ।

विश्वकप छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको थियो भने मलेसिया ओमानसँग पराजित भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार