राजनीति
एसिया कप छनौट चरणको फाइनलमा नेपाल पराजित भएको छ। खेल सुपर ओभरमा पुगेको थियो। ओमानले २२ रनको चुनौती दिएको थियो। नेपालले सो चुनौती पुरा गर्न सकेन। एक विकेट गुमाएर जम्मा १० रन बनायो।
नियमित खेलमा नेपालले चुनौतीपूर्ण चुनौती दिए पनि ओमानका खेलाडीले सो चुनौती सहजै टेके। एक ओभरमा १८ रनसम्म बनाएको खेल बराबरीमा पुगेपछि निर्णयका लागि सुपर ओभरमा प्रवेश गरेको थियो।
पहिलो खेलमा एक सय ८५ रनको लक्ष्य दिएको थियो नेपालले। ओमानले लक्ष्य पुरा गर्न सकेन। तर बराबरी नै रन बनेपछि खेल निर्णयका लागि सुपर ओभरमा गएको थियो। सुपर ओभरमा नेपाली बलरको कुनै जादु चलेन।