राजनीति
विश्वकप क्रिकेटअन्तर्गत मंगलबारको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २९२ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २९१ रन बनाएको हो ।
अफगानिस्तानका लागि ओपनर इब्राहिम जदरानले शतकीय पारी खेले । १४३ बल सामना गरेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै रशिद खानले १८ बलमा २ चौका र ३ छक्कासहित ३५ रन बनाए । त्यस्तै रहमत शाहले ३० रन बनाउँदा कप्तान हसमतुल्लाह शाहिदीले २६ रन बनाए ।
अस्ट्रेलियाका लागि जोस हेजलवुडले २ विकेट लिँदा मिचेल स्टार्क, ग्लेन म्याक्सवेल र एडम जाम्पाले १/१ विकेट लिए । विश्वकपको अंकतालिकामा अफगानिस्तान ८ अंकसहित छैटौं स्थानमा रहेको छ ।