राजनीति
अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ ।
नेपालले दिएको १७१ रनको लक्ष्य अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
images
नेपाललाई सुपर ओभरमा पुर्याएका सोमपालले सुपर ओभरमा पनि उत्कृष्ट बलिङ गरेर नेपाललाई अमेरिकासँगको सिरिजमा नेपालले जित निकाल्यो ।
सुपर ओभरमा अमेरिकाले ३ रनको लक्ष्य दियो । सुपर ओभरमा ४ बल गरेका सोमपालले २ विकेट लिएर २ रन मात्र दिए । सुपर ओभरमा नेपालका कप्तान रोहित कुमार पौडेलले २ तथा कुशल भुर्तेलले १ रन जोडेर नेपाललाई जित दिलाए ।
नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाका साइतेजा मुक्कामल्लाले ४७ तथा एन्ड्रिज गौसले ६२ रन बनाए ।
नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए भने सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऎरी र सागर धकालले समान एक-एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाए ।
नेपालका लागि अनिल साहले २५, गुल्सन झाले १९ र कप्तान रोहित पौडेलले १८ रन बनाए । १ बलको सामना गरेको कसन केसीले ६ रन बनाए ।
दिपेन्द्र सिंह ऐरी २ रन बनाएर आउट हुँदा आसिफ शेख र आरिफले १-१ रन बनाए ।