राजनीति
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रक्रिया रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
सोमबार न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले एन्फाको निर्वाचनको लागि उम्मेदवारी बुझ्ने लगायत निर्वाचन सम्बन्धी अन्य कुनै पनि कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
“उम्मेदवारी दर्ता फारम बुझ्ने लगायत निर्वाचन सम्बन्धी अन्य कुनै पनि कार्य नगनू नराउँनु पनि विपक्षीहरुका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ । सोको जानकारी विपक्षीहरुलाई दिनु,” उच्च अदालत पाटनद्धारा जारी गरिएको अन्तिरम आदेश उल्लेख गरिएको छ ।
