राजनीति
काठमाडौं । आईसीसी टी– २० विश्वकप क्रिकेट प्रतियोगितामा इंग्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।
भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रनको योगफल बनाएको हो । इंग्ल्यान्डका लागि ज्याकब बेथेल र कप्तान ह्यारी ब्रुकले उत्कृष्ट अर्धशत प्रहार गरे ।
ज्याकबले सर्वाधिक ५५ रन बनाए भने ब्रुकले ५३ रन जोडे । बलिङमा नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए । डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए ।
शेरले टी-२० विश्वकपबाटै नेपालको सिनियर राष्ट्रिय टिममा डेब्यू गरेका हुन् । शेरसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले यसै खेलबा६ टी-२० विश्वकपमा पनि डेब्यु गरे ।
यसअघि दुई विश्वकप खेलिसकेका सोमपाल कामी भने इंग्ल्यान्डविरुद्ध बेन्चमा थिए ।