logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

दुई सुपर ओभरको खेलमा अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक जीत


  • राजनीति
  • बुधबार, माघ २९ २०८२

काठमाडौं । आईसीसी टी– २० विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको खेलमा अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकाले दुई सुपर ओभरमा रोमाञ्चक जित निकालेको छ ।

सुपर ओभरमा दुई ओभरमा गएको खेलमा अफ्रिकाले रोमाञ्चक जित निकालेको हो । पहिलो सुपर ओभरमा अफगानिस्तानले १८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ६ बलमा १७ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो ।

दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले २४ रनको लक्ष्य दिएको थियो । ४ बलको सामना गरेका डेभिड मिलरले ४ बलमा १६ रन जोडे भने ट्रिस्टन स्टबसले २ बलमा ७ रन जोडेका थिए ।

जवाफी ब्याटिङ गरेको अफगानिस्तानले २ विकेटको क्षतीमा १९ रन मात्रै बनाउन सक्यो । यो सँगै साउथ अफ्रिकाले २ खेलमा दुवै खेल जितेको छ भने अफगानिस्तानले २ हार बेहोरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार