logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

इटालीलाई २४ रनले हराउँदै इंग्ल्यान्ड सुपर ८ मा


  • राजनीति
  • सोमबार, फाल्गुन ४ २०८२

काठमाडौं । इंग्ल्यान्ड आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ मा प्रवेश गरेको छ। भारतको कोलकात्तास्थित इडन गार्डेनमा सोमबार सम्पन्न खेलमा इटलीलाई २४ रनले पराजित गर्दै इंग्ल्यान्डले सुपर ८ मा स्थान पक्का गरेको हो ।

तीन जित र एक हारसहित इंग्ल्यान्डले ६ अंक जोडेको छ। समूह ‘सी’ बाट वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली ले पनि समान ६ अंकसहित यसअघि नै सुपर ८ मा स्थान बनाइसकेको छ। सोही समूहमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टोली तीन खेलमा अंकविहीन रहँदै समूह चरणबाट बाहिरिएको छ। स्कटल्यान्ड र इटली पनि प्रतियोगिताबाट बाहिरिएका छन्।

२०३ रनको लक्ष्य पछ्याएको इटलीले निर्धारित ओभरमा सबै विकेट गुमाएर १७८ रनमात्र बनाउन सक्यो। बेन मानेन्टीले २५ बलमा ६० रनको आक्रामक पारी खेले। ग्रान्ट स्टेवार्टले २३ बलमा ४५ तथा जस्टिन मोस्काले ३४ बलमा ४३ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।

इटलीलाई सस्तैमा समेट्न साम कुराम र जेमी ओभरटनले समान ३–३ विकेट लिए भने जोफ्रा आर्चरले २ विकेट हात पारे।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ७ विकेट गुमाएर २०२ रन बनाएको थियो। विल ज्याक्सले २२ बलमा अविजित ५३ रनको उत्कृष्ट पारी खेले। टोम बान्टनले ३० र फिल सल्टले २८ रनको योगदान दिए।

इटलीका लागि ग्रान्ट स्टेवार्ट र क्रिसन कालुगामागेले समान २–२ विकेट लिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार