logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्न राखेपलाई फिफाले पठायो पत्र


  • राजनीति
  • बिहिबार, बैशाख १० २०८३

काठमाडौं । फुटबलको सर्वाेच्च निकाय फिफाले २१ जेठभित्र एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्न राष्ट्रिय खेलकुद परषद् (राखेप) लाई पत्राचार गरेको छ ।

गत चैत्र ११ मा राखेपले स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अखिल नेपाल फुटबल एशोसिएसन (एन्फा) लाई निलम्बन गरेको थियो । उक्त निर्णयमाथि फिफाले आपत्ति जनाउँदै एन्फामाथि तेस्रो पक्षको हस्तक्षेप भएको उल्लेख गरेको थियो ।

अप्रिल ४ मा फिफाले पत्र पठाउँदै निलम्बन फिफा विधानको दफा १४, १९ र एसियाली फुटबल महासंघ (एएफसी) विधानको दफा १५ विपरित रहेको जनाएको छ । फिफाले यी दफाहरुमा आफ्ना सदस्य संघहरुको कुनै पनि तेस्रो पक्षको हस्तक्षेप अनुचित प्रभावविना आफ्ना मामिला स्वतन्त्र रुपमा व्यवस्थापन गर्नुपर्ने दायित्वलाई जोड दिएको छ ।

यस्तै, २२ अप्रिलमा अर्काे पत्र पठाउँदै फिफाले प्रतिबन्ध फुकवा गर्न राखेपलाई भनेको हो । “राखेपले एन्फामाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिनका लागि हाम्रो अनुरोध छ,” उक्त पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा उल्लेखित चासोको विषय सम्बोधन भएको–नभएको बारे फिफालाई जानकारी गराउन राखेप र एन्फा दुवैलाई भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार