logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

छात्रावासमा बिद्यार्थी सुन्य, शिक्षक र कर्मचारी बस्छ्न


  • राजनीति
  • सोमबार, माघ ७ २०७५

पश्चिमान्चल क्षेत्रको गोरखा क्याम्पस गोरखामा अध्यनरत छात्रालाई आवासीय सुविधाका निम्ति बनाइएको छात्रावासमा क्याम्पसका शिक्षक र कर्मचारीहरु बस्न थालेका छन् । बारमबार आवेदन माग गरेपनि निवेदन दिने छात्रा कोही नभएको क्याम्पस प्रशासनले जनाएको छ ।

डा. बाबुराम भट्टराई अर्थमन्त्री बनेका बेला छात्रावास निर्माणका लागि मन्त्रालयबाट एक करोड रकम बिनियोजन भएको थियो ।

सोहि रकमबाट ०६६/६७ सालमा २८ कोठे भवन निर्माण गरियो । तर, छात्रावासमा बस्न क्याम्पसका कुनै पनि छात्राहरुको खास  रुची देखाएका छैनन्।

 

 

झन्डै तीन वर्ष प्रयोगविहीन रहेको भवनमा २०७० सालबाट शिक्षक र कर्मचारीहरु बस्न थाले ।

अहिले आएर १२ वटा कोठामा शिक्षक र कर्मचारी बस्दै आएको क्याम्पस प्रमुख विकासकुमार श्रेष्ठले बताए । ‘छात्राहरुका लागी बनाएको भवनमा सकेसम्म छात्रा नै बसुन् भनेर बारमबार आग्रह गरिरहेका छौ, कक्षा कक्षामा गएर पनि भनिरहेका छौं, तर कोही पनि बस्न चाहदैनन्,’ उनले भने ।

 

 

प्रयोगमा नआएको छात्रावासको भवनमा स्नातकोत्तरको कक्षाहरु संचालन गर्ने क्याम्पसको तयारी छ ।

 

 

 

जम्मा ६ सय ६८ जना विद्यार्थी मध्य अधिकांश विद्यार्थी बारपाक सुलिकोट, चुमनुव्री, धार्चे र आरुघाट गाउँपालिकाका रहेको क्याम्पस प्रमुख श्रेष्ठले बताए ।

क्याम्पसमा अध्यनरत बिद्यार्थी मध्य ४९३ -७३ प्रतिशत) छात्रा छन् भने १७५ -२५ प्रतिशत) छात्र छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार