logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सांसदले जनादेश पूरा नगरेकाे भन्दै रुकुमका जनताले भाेट फिर्ता मागे


  • न्युज डेस्क
  • बुधबार, माघ २३ २०७५

रुकुमका जनताले चुनावताका दिएकाे आफ्नो भाेटकाे कदर नभएको भन्दै भाेट फिर्ता माग्न हस्ताक्षर अभियान तथा प्रदर्शन जारी राखेका छन्। रुकुम पूर्वको स्थायी सदरमुकाम कहाँ रहने भन्ने बिषयमा आन्दोलन चर्किंदै गएको छ। मंगलबार गोल्खाडामा प्रदर्शन गरेका सर्वसाधारणले आफूले जिताएर पठाएका सासंदले जनमतको कदर गर्न नसकेको आरोप लगाए। उनीहरूले मत फिर्ताका लागि भन्दै हस्ताक्षर अभियान चलाएका छन् ।

गोल्खाडा सदरमुकाम स्थापना सरोकार समितिका सदस्य ध्रुव पुन मगरले प्रतिनिधिसभा सासंद कमला रोका र प्रदेशसभा सदस्य तेजबहादुर ओली जनताका पक्षमा नबोलेको आरोप लगाए। ‘हाम्रै क्षेत्रबाट हाम्रो मतले चुनाव जितेर अहिले हाम्रो पक्षमा नबोल्नु जनमतको पमान हो ।’ मगरले भने ।

गोल्डामा सदरमुकाम राख्ने विषयमा जिल्लाका तीन गाउँपालिकाका ३१ वडा मध्ये पुथा उत्ततरगंगाका १४ वटै वडा र भुमे गाउँपालिका केही वडाका जनताको समर्थन रहेको प्रदर्शनकारीको दाबी छ ।  गोल्खाडामा मंगलबारको विरोध कार्यक्रम आयोजना गरिएको थियो । बुधबार जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने बताइएको छ ।

प्रशासनले भने सदरमुकामका विषयमा विवाद बढ्दै गएपिछ मुडभेडमा हुने सम्भावना रहेको भन्दै स्थानीय प्रशासनले आइतबार साँझ ७ बजेदेखी अर्को आदेश नभएसम्मका लागि रुकुमकोट उपत्यका र आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। निषेधित क्षेत्रमा कुनैपनि प्रकारको विरोध प्रर्दशन, सभा, जुलुस भेला नगर्न स्थानीय प्रशासनले निर्देशन जारी गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार