राजनीति
पोखरा- नेपाली सेनाको स्काईट्रक मार्फत बारा र पर्सामा आइतबार राति चलेको हावाहुरीमा घाइते भएका ६ जनालाई थप उपचारका लागिकाठमाडौं ल्याइंदै गरेको सेनाले जनाएको छ।
केहिबेरमा सेनाको स्काइ ट्रक काठमाडौंमा ल्याण्ड गर्दैछ। उनीहरूका लागि वीर अस्पतालका एम्बुलेन्सहरू तयारी अवस्थामा त्रिभूवन विमानस्थलमा राखिएको छ।
ल्याईदै गरिएका ६ जनामा ४ वृद्ध र ३ बच्चा छन् । ४ जना वृद्ध मध्ये ३ जनालाई सुताएर ल्याइएको सैनिक प्रवक्ता यामप्रसाद ढकालले बताए ।
आईतवार आएको भिषण आँधी हुरीमा परेर बारा र पर्सामा ३० जनाको मृत्यु भएको छ ।जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर ३० जनाको मृत्यु भएको हो ।
आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए ।
मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन् भने ४०० भन्दा बढि मानिस घाईते भएको जनाइएको छ ।