logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कास्की माछापुच्छ्रे फेदीमा आमा छोरीलाई करेण्ट लागेर घाइते


  • राजनीति
  • बुधबार, चैत्र २० २०७५

पोखरा : कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ फेदीमा घाँस काट्ने क्रममा करेण्ट लागेर आमा छोरी घाइते भएका छन्।बिजुलीको हाइटेन्स लाइन मुनीबाट घाँस काट्न जाने क्रममा ४५ वर्षीय कृष्णमाया भण्डारी र उनकी १३ वर्षीय छोरी एलिना भण्डारीलाई बुधवार करेन्ट लागेको हो।अचेत अवस्थामा उद्धार गरी पोखराको फिस्टेल अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौं रिफर गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार