logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विद्यालयमा वृद्धि भएको शुल्क खारेज गर्न पत्र पठाएको भन्दै विप्लवका बिधार्थी अध्यक्ष प्रकाउ


  • राजनीति
  • शनिबार, चैत्र ३० २०७५

बुटवल-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनका अर्घाखाँची जिल्ला अध्यक्ष विष्णु राउत क्षेत्री प्रकाउ परेका छन्।

सरकारी कार्यालय, संघसंस्था तथा विद्यालयहरूमा वृद्धि भएको शुल्क खारेजसहित विभिन्न माग राख्दै पत्राचार गरेको पाइएकाले प्रकाउ गरिएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।

उनले भने -‘सरकारले प्रतिवन्ध लगाएको छ, विभिन्‍न ठाउँमा ज्ञापन पत्र बुझाएको पाइयो, उनलाई दिउँसो ३ बजे चुत्रावेशीबाट प्रकाउ गरिएको हो।’

उनी सन्धिखर्कको पाणिनि बहुमुखी क्याम्पस प्रथम वर्षमा अध्ययनरत छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार