राजनीति
देशलाइ दिल्लीमा बेचेर खाइन भनेर
सपना सल्काएर एकै ओछ्यान लाइन भनेर
आवेग उत्तेजना र बेहोसी बनेर जे सुकै भन
तिम्रो कानुनको आतंककारी मन्जुर छ मलाइ
तिम्रा टावर टल्काउन मार्वल बोकिदैन हेर
धम्की र ध्वाँसले मुत्तीयात्रा रोकिदैन हेर
कानुनको कथा सुनाउ या अदालतको आगन देखाउ
तिम्रो लुटको हिसाब खोज्ने आतंककारी बन्नुछ मलाइ
सत्ताको सपत्तीले सन्तान पाल्नुहुन्न भन्दा
रातो रगतलाइ रछ्यानमा फाल्नुहुन भन्दा
तिमी सिङौरी खेल्छौ भने मैदान खाली छ
साढेको सिंङ भाच्ने आतंककारी हुनुछ मलाइ
सहिद बेचेउ, बेपत्ता बन्दकी, उस्तै छ घाइते घाउ
दलाली दुनिया खरिद बिक्री बन्दैछौ बडा साहु
चुपचाप नसोची निदाउन कसरी सक्छु म किनकी
बेचिएको बलिदान फिर्ता गर्ने आतंककारी बन्नुछ मलाइ
हजारौं मारिनुको अर्थ भुलेपछि
सहयोद्धा बुझाउन अन्त डुलेपछि
योद्धा आतंककारी र दलाल दिलका हुन्छ्न
तर याद गर,म आतंककारी हुनु पुर्व तिमी जेल गएको हुनुपर्छ अपराधी बनेर
अनि म आफै गर्नेछु दलाल सत्ताको खिलापमा भयानक आतंककारी भएको घोषणा ।