logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यो कम्युनिस्टहरुको वदनाम गर्ने सरकार हो : मोहन बैध ‘किरण’


  • राजनीति
  • बिहिबार, जेष्ठ १६ २०७६

सत्ता र सदन बाहिर रहेको दल नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले अहिलेको सरकारले कम्युनिष्टको नाम बदनाम गरेको आरोप लगाएका छन् । क्रान्तिकारी पत्रकार महासंघको दोस्रो राष्ट्रिय सम्मेलन बुटवलमा आज उद्घाटन गर्दै उनले अहिलेको सरकारले कम्युनिष्टको पक्षमा नभएर कम्युनिष्टको बदनाम गरेकोले विरोध गर्नुपर्ने धारणा राखेका छन ।

सरकाल्र समृद्धि नेपाल सुखी नेपालको नारा जति लगाएपनि अहिलेको सरकारबाट सम्भव नभएको बैधले दावी गरे । ‘भर्खरै बजेट आएको छ, १५ खर्ब बजेटमा ४ खर्ब विकास बजेटमा ४ खर्ब नै ऋण छ कसरी विकास हुन्छ ?’ उनले प्रश्न गरे । व्यापार घाटा बढ्दै गएको अवस्थामा उद्योग, व्यवसाय कृषि मैत्री बजेट आउन नसकेको उनले बताए ।

वर्तमान सरकारले मिडियालाई अकुंश लगाउने विधेयक ल्याएर निरकुंश बन्दै गएको बताउँदै उनले यसका विरुद्ध शसक्त आवाज उठाउन जरुरी रहेको बताए । विधेयकका विरुद्ध नेपाल पत्रकार महासंघले आह्वान गरेको आन्दोलनमा आफ्नो पार्टीको एकताबद्ध रहेको बताउँदै उनले पत्रकारहरुलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार