logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

साधु भेषका लुटेराको, टोली फेरिदैन !

लोकेश बिश्वकर्मा


  • राजनीति
  • बुधबार, मंसिर ६ २०७४

कति पटक भोट हाल्छौ, चोली फेरिदैन
मुखियाको वेचि खानेको, बोली फेरिदैन

जुन जस्तो आए पनि कानै चिरिएका
दुखी जनले सधै बोक्ने,झोली फेरिदैन

माग्ने बेला बाबाआमा, दिदीदाइ नाता
साधु भेषका लुटेराको, टोली फेरिदैन

बिकाश निकास समृद्धिका,नारा जतिपनी
वस्ति भित्र भेल र बाढी, खोली फेरिदैन

युवाहरु खाडी खन्छ, घरमा बुढाबुढी
सपनाको सगुन हाल्ने, सोली फेरिदैन

मजदुर नाङ्गै किसान भोकै, हुनुपर्छ किन
गरिव जन रगतको, होली फेरिदैन

न यिनले न्याय दिन्छन, न त समानता
उहि खान्छ उहीँ चढछ ,डोली फेरिदैन

जनतालाइ भेडा ठान्छ,आफू बाघ बन्छ
जालबाट मुक्त हुन छाती, नखोली फेरिदैन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार