राजनीति
चिटिक्क मिलेको जिउडाल,हातमा छाता,मुखमा निलो माक्स लगाएर लक्का जवानको हुलमा पसेर जिस्किन थाल्छन ….. यो दृश्य हो राजधानीको नयाँ बसपार्क को ।
गोङगबु बसपार्क पछिल्लो समय यौ*न अखडा बन्दै गएको छ । यौ*नधन्दा हुने यो ठाउँमा ‘दलाल’ हरु मात्र होइन यौ*नकर्मी आफै नै ग्राहक सग डिल गरिरहेको भेटिन्छ ।
नया बसपार्क र रत्नपार्कका आसपासमा साँझको समय एकैछिन् उभिए मात्रै पुग्छ, तिनीहरु तपाईँमाझ आफैँ आइपुग्छन् । तिनीहरुको प्रश्न हुनेगर्छ, ‘दाई के चाहिएको होे ? केटी चाहिएको भए म मिलाइदिन्छु ? एकदमै च्वाँकच्वाँक ।’ यसो भन्दै उनीहरु तपाईंको सामीप्यतामा आउँछन् ।
तपाईंले उसँग वार्ता गरिहाल्नुभयो भने उसले आफ्नो कुरा सबै बताएर तपाईंलाई कसरी हुन्छ कन्भिन्स् गर्न तयार हुन्छ । यदि तपाईंलाई कन्भिन्स् गर्न सक्यो भने उसलाई बेलुकाका लागि ‘रक्सीसँग सितन’ जोहो हुन्छ ।
दिउँसो न उसकोे कुनै जागिर छ, न अन्य कुनै व्यवसाय । साँझको समयमा २ देखि ३ घण्टा रत्नपार्क र नयाँ बसपार्कको छेउछाउमा बस्यो भने उसको जिन्दगी हासिखुशीले चल्छ । उसको काम नै यौ*नकर्मीलाई ग्राहक जुटाइदिने र ग्राहकलाई यौ*नकर्मीसम्म पु¥याइदिने हो । उसले दुवै पक्षबाट कमिसन खाने गर्छ ।
दुवै बाट फर्केका बिरे शाही (नाम फेरिएको) काठमाडौं नयाँ बसपार्कको एक होटलमा बसे । भोलिपल्ट उनको गाडीको टिकट थियो । भोलि जाने भएपछि उनी साँझ बाहिर निस्किए । नयाँ बसपार्क आकाशेपुल पुग्दा उनको नजिकै एक युवा आए । ‘दाइ के चाहियो, होटल ?’, उनी बोलेनन् तर उसको प्रश्न आइरह्यो । उनलाई इच्छा जाग्यो उसँग बोल्ने । पहिला पनि काठमाडौं बसेका काजीलाई थाहा थियो यौ*नधन्दाका लागि युवाले आफूसँग कुरा गर्न खोजेको ।
काजीले भने, ‘म विदेशबाट आएको, मलाइ रमाइलो गर्नु छ ।’ ती ‘दलाल’ले उनलाई ३ हजार मा ‘रातभर’ बस्ने गरी यौ*नसाथी मिलाउने वचन दिए । ‘तपाईं होटलमा गएर रोज्नुहोस् । मन परे ओके गरौँला, नभए केही हुँदैन ।’ त्यति भन्दै अर्का मान्छेसँग डिल गर्न थाले ‘दलाल ।’
काजी त्यहीँ अडिए र सोधे, ‘अब म कहाँ रोज्न जाने ?’ ‘दलाल’ले जवाफ दिँदै भने, ‘नयाँ बसपार्कको गेटभन्दा नजिकैको होटलमा हो ।’
काजी उनीसँग वार्ता गर्दै थिए दलाल आँत्तिरहेको थियो । ‘जाने भए जान्छु भन्नुस्, होइन भने होइन भन्नुस् ।’ ‘अलिअलि मिलाउन मिल्छ भने मिलाऊ न’, काजीले केही दर घटाउन आग्रह गरे ।
उसले बेलीबिस्तारमा भन्यो, ‘हामीले मिलाइदिने मात्र हो । मलाइ एउटा मिलाएवापत २ सय देखि ३ सय ५० मात्रै हो दाइ । त्यसमा तपाईंले मलाई दिनुपर्दैन, होटलको साहुजीले दिन्छ । त्यतिमात्रले पुगेन, हाम्रो सुन्धारामा पनि यस्तै छ । जिल्लाबाट भर्खरभर्खरका युवती आएका छन् …….
दे*ह व्यापारलाई नेपालमा गैरकानुनी रुपमा लिईन्छ । नेपालको अन्तरिम संविधान २०६३ मा देह व्यापार सम्बन्धि प्रावधान उल्लेख गरेको छ, र जस्मा नेपालको सिमा भित्र हुने कुनै पनि किसिमको देह व्यापारलाई गैर कानुनी भन्दै सजायको व्यवस्था गरेको छ ।