राजनीति
पोखराको बसपार्कमा पार्किङ गरि राखेको बसभित्र अस्*लिल क्रियाकलापमा संलग्न दुइजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राती ८ बजेर ५० मिनेट जांदा बसपार्कमा पार्किङ गरि राखेको ना ५ ख ३६२३ नम्बरको भाडाको बसभित्र पोखरा लेखनाथ ९ बस्ने बिशालजंग शाही र एक जना महिला बीच अ*स्लिल क्रियाकलाप गर्न लागेको अवस्थामा अस्थाइ प्रहरी पोष्ट बसपार्क डिउटीमा खटिएको प्रहरी जवान किसान परियारले नियन्त्रणमा लिएका थिए ।
अस्लिल क्रियाकलापमा संलग्न शाहीको जोडीलाई नियन्त्रणमा लिने क्रममा शाहीले प्रहरी जवान किसान परियारलाई लोभ लालच देखाइ दुइ हजार रुपैया घुस दिन खोजेपछि उनीहरुलाई नगद सहित वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिइ सार्वजनिक अप*राध मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेकोे कास्की प्रहरीले जनाएको छ ।
पोखरा २७ तालचोक लक्ष्मी आदर्श चोकमा सुतली बम भेटियो
पोखरा- पोखरामा फेरि अर्को ठाउँमा शंकास्पद वस्तु भेटिएको छ । पोखरा २७ तालचोक लक्ष्मी आदर्श चोकमा सुतली बम भेटिएको छ ।
सडक छेउ नजिकै देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त शंकास्पद वस्तु सुतली बम हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रहरीले स्कटीङ गरेर सार्वजनिक सवारी चलाउने भने पनि फाट्टफुट्ट नीजि सवारी मात्र चलेका छ्न् । बजार, स्कुल, कलेज पनि पूर्ण रुपमा बन्द छ ।
उदयपुरका दुई मुख्य बजारमा दुईवटा बम फेला
मंगलबार बिहान उदयपुरका दुई मुख्य बजारमा दुईवटा बम फेला परेको छ । सदरमुकाम गाईघाटको त्रियुगा नगरपालिका–१२ आर्दशटोल र पश्चिमी क्षेत्र कटारी नगरपालिका–३ स्थित तीर्थ श्रेष्ठको घर अगाडी बम फेला परेको हो ।
सदरमुकाममा फेला परेको सुतली बम रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी विरबहादुर बुढामगरले बताए । शंकास्पद बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै नेपाली सेनाको १८ नम्बर बाहिनीको टोलीले घटनास्थल पुगी डिस्पोज गरेको एसपी बुढामगर जानकारी दिए ।
नेत्र विक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आहन गरेको नेपाल बन्दलाई सफल बनाउन बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ । आदर्शटोलमा हरियो झोलामा करिब एक सय मिटर रातो कालो तारले बाँधेर छाडेको अवस्थामा बम फेला परेको प्रहरीले जनाएको छ ।
कटारीमा रातो झोलमा बाँधेर छाडिएको अवस्थामा रहेको शंकास्पद वस्तु सुतली बमको आशंका गरिएको छ । उक्त बस्तुलाई प्रहरीले कडा सुरक्षा दिएर घेरा हालेको छ ।
यता बन्दकाकारण उदयपुरको जनजीवन प्रभावित छ ।
रामेछापको सदरमुकाम नजिकै सिलिण्ड बम बिष्फोट
नेत्रविक्रम चन्द बिप्लब नेकपाका कार्यकर्ताले रामेछापको सदरमुकाम नजिकै ग्यास सिलिण्डरमा आगो लगाएर पड्काएका छन् । सोमबार राति २ बजेतिर मन्थली बसपार्क भन्दा केही माथिको पाखामा उक्त विष्फोट गराएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईका अनुसार टायर माथि ग्यास सिलिण्डर राखेर आगो लगाएर उक्त विष्पोट गराएको पाइएको छ । घटनास्थल बसोवास क्षेत्र भन्दा केही टाढा पाखामा भएकाले कुनै क्षति नभएको भट्टराईले बताए । घटना पछि सुरक्षा सतर्कता बढाइएको छ ।
नेकपाले मंगलबार आव्हान गरेको बन्दको प्रभाव बिहानै देखि जिल्ला सदरमुकाम लगायत ग्रामीण क्षेत्रमा परेको छ । यातयातका साधन आंशिक मात्र चलेका छन् । लामो दुरीका कुनै पनि साधन सञ्चालन भएका छैनन् । शैक्षिक संस्था खुलेका छैनन् । बजार भने आंशिक रुपमा खुलेको छ ।
काभ्रेका विभिन्न ठाउँमा प्रेस कुकर बम भेटियो
नेकपा विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्द सफल पार्न काभ्रेका विभिन्न ठाउँमा बम राखेर जनजीवन प्रभावित पार्ने काम भएको छ । बन्दको प्रभाव देखाउन विभिन्न ठाउँमा बमजस्तै देखिने शंकास्पदवस्तु राखेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले बताएका छन्। पनौती र धुलिखेलमा शंकास्पद राखिएको र नेपाली सेनाको टोलीले बिहानै डिस्पोज गरिसकेको छ ।
तर्साउनको लागि मात्र बियरको बोतलमा बालुवा भरेर कतै कुकरमा भुस भरेर राखेको पाइएको डिएसपी गिरीले जानकारी दिए। धुलिखेल नगरपालिकास्थित हस्पिटल चोकमा, पनौती नगरपालिको खोपासी जाने पोल र पनौती बसपार्क चोकमा शंकास्पद प्रेसर कुकर र बियर बोतल बम फेला परेको पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएका छन् । धुलिखेलमा मंगलबार बिहान ३ बजे, पनौतीमा बसपार्कमा पौने ५ बजे र खोपासी जानेपुलमा ४ः५१ बजे मा नेपाली सेनाले बम डिस्पोज गरेको डिएस्पी दिपक गिरीले जानकारी दिए ।
स्थानीयले भने ठूलो आवाजले पड्किएकाले पड्काएको भन्ने आशंका गरे । प्रहरीले होक्स बम भने काभ्रेमा बन्दका ेअसर देखिएको छ ।पसल खुलेपनि लामो दूरीका गाडी चलेका छैनन् धुलिखेल-बनेपा-काठमाडौं चल्ने बसहरु भने पातलो चलेका छन् ।