logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

संसदीय समितिको”आइफा अवार्ड” रोक्ने निर्णय लत्याउने तयारीमा प्रम ओली, भने आईफा हुन्छ


  • राजनीति
  • शुक्रबार, असार २० २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय समितिले फरमान जारी गर्दै आईफा अवार्ड रोकेको टिप्पणी गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देशको सार्वभौमिकता, राष्ट्रियता प्रतिकूल हुने ठहर गर्दै अवार्ड रोक्न निर्देशन दिएको थियो ।

प्रधानमन्त्रीले अनावश्यक हल्ला भएको, रकम विनियोजन नगरिएको, स्वीकृतमात्रै दिएको बताएका छन् । “आईफा अवार्डबारे अनावश्यक हल्ला भयो । कुरै नबुझी फरमान जारी भयो,” प्रधानमन्त्रीले भने, “न्यून लागतमा अधिक फाइदा हुनेगरी भ्रमण वर्ष–२०२०लाई टेवा पुग्नेगरी आयोजना गर्न खोजिएको थियो ।”

उनले सरकारले आईफा अवार्ड नरोक्नेतर्फ पनि संकेत गरे । “देशलाई नाफा हुने गरी आईफा अवार्ड हुन्छ । घाटा हुनेगरी गर्दैनौँ,” उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार