logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बन्दको अवज्ञा गरेको भन्दै ट्रक र कारमा आगजनी


  • राजनीति
  • बुधबार, साउन १५ २०७६

विप्लव नेतृत्वको नेकपाको वन्दको क्रममा मकवानपुर गएराती दुईस्थानमा गाडी जलाइएको छ ।

विप्लवको वन्दको पूर्व सन्ध्यामा मकवानपुरको फाखेल हुमाने मन्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार र मकवानपुरको मनहरी ज्यामिरेमा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी कार्यलयले जानकारी दिएको छ ।

यसैगरी बन्दको पूर्व सन्ध्यामा हेटौंडाको तीन स्थानमा संकासपद् वस्तु राखिएको छ । हेटौंडाको थानाभर्याङ, चौकिटोल र हुप्राचौर क्वीक २० नजीकै संकासपद् वस्तु राखिएको प्रहरीले जनाएको छ । संकासपद् वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ ।

विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले पक्राउ गर्ने क्रमलाई नरोकेको भन्दै मध्य कमाण्ड बन्दको घोषणा गएिको विप्लव मकवानपुरका सेक्रेटरी अनुरागले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार