राजनीति
सत्तारुढ नेकपाका युवा नेता सुरेन्द्र बस्नेतले अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि जाइलागेका पूर्वयुवराज पारस शाहीमाथि कारबाहीको माग गरेका छन् ।
अधिवक्तासमेत रहेका नेकपा बस्नेतले पारसलाई तत्काल गिरफ्तार गर्न माग गरेका हुनन् । बस्नेतले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कयौं आमसञ्चारका माध्यम र सयौं मान्छेका अगाडि ड्युटीमा रहेका प्रहरी नायव निरीक्षकलाई सार्वजनिक रुपमा मुक्का हान्ने पारस शाहलाई तुरुन्त गिरफ्तार गरी कारबाही गरियोस् ।
विगतमा प्रवीण गुरुङको हत्या , लोकप्रिय गायक रामकृष्ण ढकालमाथिको कुटपिट लगायतका सयौं आपराधिक घटनामा मुछिएर पनि उन्मुक्ति पाएका पारसलाई अहिले पनि असनको साँढेजस्तै छाड्नु जरुरी छैन । यो लोकतन्त्र हो ।’
पासरले थाइल्याण्डमा रहेका बाबु ज्ञानेन्द्र भेट्न जान लागेकी आमा कोमल र छोराछोरीलाई विमानस्थलमा बिदाइका लागि गएका बेला प्रहरीका नायब निरीक्षक (सई) माथि कुटपिट गर्न हात उठाएको घटना बाहिर आएपछि त्यसको सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।