logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चितवनमा अनिश्चितकालिन कर्फ्यु ५ जनाभन्दा बढी भेला हुन नपाइने


  • राजनीति
  • आइतबार, भाद्र ८ २०७६

जिल्ला प्रशासन कार्यालय चितवनले भोलि (सोमबार)देखी जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्ने भएको छ ।

आज (आइतबार) राती सकिएको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदेखी अर्को आदेश नभएसम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गरेको हो । प्रशासनले तोकेको चार किल्ला भित्र हुलदंगा, अशान्ति पैदान गर्न खोजे कडा कारवाही गरिने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भरतपुरको पूर्वमा बाईपास सडक अन्र्तगतको आन्तरिक राजश्व कार्यालय चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पश्चिममा पूर्व पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीसकोठी चोकसम्म, उत्तरमा बाईपास सडकको आन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक नारायणी माबी चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्व पश्चिम राजमार्गको चौबीसकोठीसम्म यसैगरी दक्षिणमा बाईपास सडक तर्फको घरेलु कार्यालयको चोकदेखि दुरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो । उक्त क्षेत्रमा भेला भएर नारा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाएको हो ।

अस्पताल सिटीमा रुपमा चिनिने भरतपुरको उक्त क्षेत्रमा धेरै अस्पताल तथा स्वास्थ्य संस्था छन् । साथै त्यस क्षेत्रमा मुद्धाको अनुशन्धान, अभियोजन र न्यायिक निरोपरण गर्ने निकायहरु रहेको क्षेत्रमा हुलदंगा र अशान्ति हुने देखिएका कारण कर्फ्यू जारी गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्धारा जारी सूचनामा उल्लेख छ । त्यहाँ एकैठाँउमा ५ जना भन्दा बढी मानिस भेला हुन नपाउनेगरी आदेश जारी गरिएको छ । आदेश अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको छ ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणलाइ लियर चितवन अहिले तातेकाे छ। उक्त घटना मा पत्रकार रविलामिछाने सहितमाथिको अभियोगमा छानबिन नगर्न र कारबाही नगर्न माग गर्दै भरतपुर क्षेत्रमा केही दिनयता राजधानी र मुलुकका अन्य केही भागबाट गएको समूहले निरन्तर प्रदर्शन गर्दै आएको छ । छानबिन प्रभावित गर्ने गरी दबाब दिने उद्देश्यले जारी प्रदर्शन अराजक बनाउन खोजिएको सूचना पाएको भन्दै यदि त्यस्तो भए चितवन बाहिरबाट आएका सबैलाई बलप्रयोग गरी आ–आफ्नो स्थानमा फकाईदिने प्रहरीले समेत स्पष्ट पारेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार