logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पर–पुरुषको अनैतिक सम्बन्धः श्रीमानको ह’त्या, सेफ्टिक ट्यांकीमा श’व


  • राजनीति
  • शुक्रबार, असोज ३ २०७६

परपुरुषसँग मिलेर पतिको ह’त्या गरेर फालेको अवस्थामा प्रहरीले सेफ्टीक ट्यांकीबाट श’व बरामद गरेको छ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-३ घोडपाली बस्ने ३५ वर्षीया सरस्वती पोखरेल पाण्डेले ४१ वर्षीय पति ‘तारा’ भनिने रविन्द्र पाण्डेको अर्का एक जना पुरुषसँग मिलेर ह’त्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। मृ’तक पाण्डेको श’व घरनजिकै रहेको हरि सुशील प्राविको सेफ्टी ट्यांकीबाट शुक्रबार प्रहरीले बरामद गरेको हो।

मृ’तक पाण्डे विगत १५ दिनदेखि घरबाट हराएको भन्दै आफन्तले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए। हराएको लामो समयसम्म उनको अवस्थाका बारेमा जानकारी नआएपछि पाण्डेकी श्रीमतीसँग स्थानीय महिलाहरूले बारम्बार सोधखोज गरेका थिए। त्यसक्रममा मृ’तक पाण्डेकी श्रीमती सरस्वतीले शंकास्पद कुरा गर्न थालेपछि प्रहरीले स्थानीयको सहयोगमा उनलाई पक्राउ गरेको थियो। पक्राउपछि सरस्वतीले आफूसहित अन्य एक जना व्यक्तिको संलग्नतामा ह’त्या गरेको वयान दिएको प्रहरीले जनाएको छ।

वयानका क्रममा सरस्वतीको पर–पुरुषको अनैतिक सम्बन्ध रहेको खुलेको छ। ह’त्याका दिन मृ’तक पाण्डेले आफ्नै घरमा परपुरुषसँग श्रीमतीलाई देखेपछि घटना लुकाउन दुवै जना मिलेर कुटपिट गरी ह’त्या गरेको प्रहरीले जनाएको छ। ह’त्यामा संलग्न भएको आरोपमा किटानी उजुरी दर्ता भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार