logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बढि लिएको शुल्क फिर्ता गर्न सिएमसीलाइ त्रिबिको आग्रह


  • राजनीति
  • शुक्रबार, असोज ३ २०७६

पछिल्लो समय चितवन तातेको बिषय सिएमसीको शुल्क बारेमा त्रिभुवन विश्वविद्यालयले  मुख खोलेको छ । त्रिभुवन बिश्वबिद्धालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ ।

त्रिविविको सम्बन्धनप्राप्त सो कलेजका चिकित्सा शिक्षातर्फका एमबीबीएस तहमा अध्ययन गर्ने विद्यार्थी सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क आफूहरुसित कलेज प्रशासनले उठाएको भन्दै आन्दोलनरत छन् ।

त्रिविविले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी आन्दोलनबाट समस्याको समाधान नहुने हुँदा कलेज प्रशासनले आह्वान गरेको वार्ता र संवादमा सहभागी हुन विद्यार्थीलाई आग्रहसमेत गरेको छ ।

“विश्वविद्यालय पनि समस्याको समाधान वार्ता नै हो भन्ने कुरामा दृढ सङ्ल्पित रहेको छ । विद्यार्थीको पठनपाठन र जनताले स्वास्थ्य उपचार गर्न पाउने अस्पताल जस्तो अति संवेदनशीलस्थानमा बाधा र अवरोध सिर्जना गर्ने गराउने कार्य नगरिदिन विद्यार्थी, अभिभावक र सम्बन्धित पक्षसित विश्वविद्यालयले अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

मन्त्रिपरिषद्को गत साल असोज २८ गतेको बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको थियो ।

एमबीबीएसका लागि काठमाडौँ उपत्यकामा रु ३८ लाख ५० हजार तथा उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बीडीएस कार्यक्रमका लागि १९ लाख ३२ हजार ६१२ शुल्क निर्धारण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार