logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लव बिरुद्ध लिएको दमनकाे बाटो सहि छैन : नेता नेपाल


  • राजनीति
  • शनिबार, असोज ४ २०७६

पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपालाई युद्धको बाटो छोडेर शान्तिको मार्गमा आउन आव्हान गरेका छन् । उनले सरकारले विप्लवहरु बिरुद्ध दमनकाे बाटो लिन नहुने र बार्ता र सम्वादकाे बाताबरण बनाउनुपर्नेमा जाेड दिएका छन् ।

अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा बारूदी सुरूग प्रतिबन्ध अभियान नेपालद्वारा राजधानीमा आयोजीत दिगो शान्ति र माइन एक्सनको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले युद्ध र हिंसाको बाटोले देशमा परिवर्तनलाई अघि बढाउन नसक्ने बताएका हुन् ।

उनले शान्तिपुर्ण प्रतिष्पर्धामार्फत समाजको रुपान्तरण र परिवर्तन सम्भव हुने पुष्टि भैसकेको बताउँदै निर्वाचन मार्फत दुई तिहाई ल्याएर देश बदल्ने हिम्मत गर्न पनि विप्लवलाई चुनौती दिएका हुन् । उनले २१ औं शताब्दिमा एक व्यक्तिले शासन गर्ने तानाशाही समाजवाद सम्भव नभएको पनि बताए ।

पुर्व प्रधानमन्त्री नेपालले जनता जीवनको स्तर उकास्ने काम नगर्दासम्म दिगो शान्ति सम्भव नभएको बताउँदै अब विकास र समृद्धिलाई केन्द्र बिन्दुमा राखेर सरकार अघि बढ्नुपर्ने स्पष्ट पारे । छिमेकी देशहरु विकासको बाटोमा द्रुत गतिले अघि बढेकाले नेपालले पनि अविकासको अवस्थामा रहनै नसक्ने पनि उनको भनाई थियो । उनले कृषि, पर्यटन, उर्जा, पुर्वाधार लगायतका क्षेत्रमा लगानी बढाउनुपर्नेमा पनि जोड दिए ।

युरोप र अमेरिकासँग प्राकृतिक श्रोत सकिएकाले अब एसियाका नेपाल जस्ता देशहरुले आफ्ना प्राकृतिक श्रोतहरुको उपयोग गर्नुपर्ने समय आएको स्पष्ट पारे । उनले हिंसाको बाटोमा जाने सम्भावना रहेका समुहहरुलाई शान्तिको बाटोमा ल्याउन आफुले पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार