logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

नेपाली आकाशमा भारतीय लडाकु विमान जनता आक्राेसित, सरकार माैन


  • राजनीति
  • बुधबार, कार्तिक २७ २०७६

मंगलबार राति  अछामको आकाशमा लस्करै विमान उडिरहेको देखिए उता डडेल्धुरा काे आकाशमा पनि लडाकु विमान देखिए पछि स्थानीय सशंकित भएका छन् ।भारतले नेपालीभूमी मिचेर आफ्नो नक्सा सार्वजनिक गरेको भन्दै विरोधमा रहेको बेला अछामको आकाशमा जेट विमान उडाइएका छन् ।  केही प्रत्यक्षदर्शीहरुले ३७ जेट विमानहरु लस्करै उडेको बताएका छन् ।

आकाशमा विमान लस्करै उडेको प्रहरीले पनि देखेका थिए । इकालका प्रहरी कार्यालय विनायका असई लक्ष्मण बिकले पनि आकाशमा साँझतिर रकेट जस्तै देखिने गरी लस्करै उडेको बताए । अनलाइन डबलीसँग कुरा गर्दै बिकले भने, ”हाम्रा केटाहरुले आकाशमा लस्करै रकेटजस्तै गरी उडेका देखेका थिए ।” उनले रकेटको जति गति नभएको बताए । आफूहरुले माथि जानकारी गराइरहेको भन्दै पछि कुरा गराैला भनेर फोन राखेका थिए ।

लिपुलेक-कालापानीमाथिको अतिक्रमणलाई लिएर अछाममा पनि विरोध प्रदर्शन भइरहेका छन् । आजमात्रै जिल्लाका विभिन्‍न स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला पनि जलाइएको थियो । त्यसैगरी नेकपा कार्यकर्ताहरुले भारतीय नक्सा जलाइएका थिए।

सीमा मिचिएको विषयमा विरोध भएकोले भारतले सुदूरपश्चिममा हवाई गस्ती गरेको अनुमान गरिएको छ । तर जिल्ला प्रशासन कार्यालयले भने यसबारे केही बताएको छैन । प्रत्यक्षदर्शीका अनुसार पूर्वअछामबाट देखिएका विमानहरु लस्करै पूर्वअछाम पुगेर उत्तर मोडेर फर्किएका बताइएको छ । भारत ले आफ्नो देशकाे राजनीति नक्सा सार्वजनिक गर्दै नेपाली भुमि आफ्नो भएको दावि पश्यात व्यापक आन्दोलन चर्किएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार