logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

हिमालपारी जिल्ला मुस्ताङमा भारी हिमपात ,जनजीवन प्रभावित


  • आश तमु
  • शुक्रबार, मंसिर २७ २०७६

पोखरा- अफगानिस्तान र इरानमा बन्ने न्यूनचापीय वायु सुदुरपश्चिमबाट प्रवेश गरेपछि नेपालमा हिउँदे झरी र हिमपात सुरु भएको छ। आज शुक्रबार बिहानै देखि देश भरको पहाडी क्षेत्रमा वर्षा सुरु भएको छ भने हिमाली क्षेत्रमा भारी हिमपात भएको छ।

हिमाली जिल्लाको रुपमा चिनिएको पर्यटकीय जिल्ला मुस्ताङको विभिन्न क्षेत्रहरुमा पनि भारी रुपमा हिमापात भएको छ।शुक्रबार बिहानैदेखि मुस्ताङमा हिउँ पर्न सुरु गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए ।

मुस्ताङका ५ वटै स्थानीय तहमा बाक्लो हिउँ परेको उनले बताए।उपल्लो मुस्ताङमा २ फिटसम्म र जोमसोम मुक्तिनाथ क्स्ष्तत्रमा १  फिट सम्म हिउँ परेको छ । उपल्लो मुस्ताङमा परेको  हिउँले जनजीवन प्रभाावित बनेेेको छ।

तस्वीर  पत्रकार निरज थकालीको फेसबुकबाट

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार