logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रचण्डलाइ बाबुरामको जवाफ : केपीको पिंडजामा थुनिएकाले बोलाउने…..


  • राजनीति
  • बिहिबार, माघ ९ २०७६

पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन् । बुधबार समाजवादी पार्टीका नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै प्रचण्डले बाबुरामलाई पनि नेकपामा आउन आग्रह गरेका थिए ।

यसको जवाफ दिँदै डा. भट्टराईले प्रचण्डलाई कटाक्ष गरेका हुन् । डा. भट्टराईले केपी शर्मा ओलीको पिंजडामा फसेर छट्पटाएका प्रचण्डले आफूहरुलाई बोलाएको भन्दै कटाक्ष गरेका हुन् । माओवादी युद्धका सहयात्री डा. भट्टराई र प्रचण्ड अहिले अलग अलग पार्टीमा भएपछि एकाअर्काविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् ।

बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रचण्डलाई जवाफ फर्काएका डा. भट्टराईले लेखेका छन्, ‘खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन् ।’

ट्वीटमा बाबुरामले उल्लेख गरेका छन्, ‘पंचतन्त्रको ‘कंकड़ लुब्ध पान्थ कथा’ मा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर वटुवाको शिकार गरेझैं आफैं खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन्!आफैं त महादेव उत्तानो टाँगसकस्लाई दिने वर……?’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार