राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय ब्युरो पुर्वी एसिया अन्तर्गत नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले २५ औं जनयु’द्ध दिवस भब्य रुपमा मनाएको छ ।
रोजगारीको सिलसिलामा मलेसियामा रहेका पुर्व जनमुक्ति सेनाका सदस्य हरुको ठुलो उपस्थितिमा जनयु’द्ध दिवस मनाइएको मलेशिया मोर्चाले जानकारी दिएको छ । श’हिदहरु प्रति १ मिनेट मौनधारणा गर्दै श्रद्धाञ्जली व्यक्त गरेर कार्यक्रम प्रारम्भ गरेको थियो ।
नेपाली जनप्रगतिशिल मोर्चाको सल्लाहकार संयोजक महेश कुमार ओलीको प्रमुख आतिथ्य र मोर्चाको अध्यक्ष बिजय लामा र महासचिव तुफानको संचालनमा भएको कार्यक्रममा स्वगत मन्तव्य सचिव रबि महराले दिएका थियो । अन्य अतिथि हरुमा मोर्चाको पुर्व अध्यक्ष बिष्पोट मगर ,उपाध्यक्ष खगेन्द्र खडका ,हर्कमान राई लगायतले मन्तव्य राख्दै स’हिद परिवारलाई सम्मान गरेका थिए ।
बिदेशी भुमिमा रहेर पनि सम्पूर्ण श्रमजीवी र उत्पिडित सर्वहारा बर्ग एकजुट हुदै फा’सिष्ट दलाल भ्रष्टाचार बेतिथिको बि’रुद्ध सम्पूर्ण राष्ट्रभक्ति एक हुन अपिल गरेकाछन । स्वाधीनताको लागि अधिनायकवाद बि’रुद्ध आवाज बु’लन्द रुपमा उठाउने प्रतिबद्धता जाहेर गर्दै महान जनयु’द्ध दिवस सम्पन्न गरेको जनाएको छ ।
भेलाको रुपमा सम्पन्न कार्यक्रममा मोर्चाको जिम्मेवारी समेत हेरफेर गरिएको छ । जसमा हर्क मान राईलाई उपाध्यक्ष को जिम्मेवारी दिएको छ भने सचिवमा कोषाध्यक्ष रबि महरालाइ जिम्मेवारी दिएको जानकारी सल्लाहकार संयोजक महेश कुमार ओलीले जानकारी दिएकाछन ।
कार्यक्रम हलभरी संसारका श्रमिक तथा उत्पीडित जनता एक हौऔ ! माक्र्सवाद-लेनिनवाद-माओवाद-जिन्दावाद !
एकीकृत जनक्रान्ति जिन्दावाद ! भ्रष्टाचारी दलाल संसदीय पुँजीवादी सत्ता अन्त्य गरौं
महान १० वर्षे जनयु’द्धको मुल उदेश्यलाई आत्मसात गर्दै नयाँ एकीकृत जनक्रा’न्ति बैज्ञानिक समाजवाद राज्यसत्ता स्थापन गर्न महान यात्रामा अघि बढौ !
वैदेशिक रोजगार जाने युवा युवतीहरू तत्कालै बन्द गरि
नेपालमै योग्यता र क्षमता अनुसारको रोजगारीको सृजना गरौं, आन्दोलन श्रमिक उत्पीडित जनताको हकअधिकार हो नेपाल कम्युनिस्ट पार्टी-जिन्दावाद ! एकीकृत जनक्रा’न्ति-जिन्दावाद । जस्ता नारा लगाइएको जनाएको छ ।