logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रहरीलाई म्यासेन्जर, भाइबरलगायत ग्रुपमा नजोडिन हेडक्वार्टरको निर्देशन


  • राजनीति
  • बिहिबार, बैशाख ११ २०७७

प्रहरी प्रधान कार्यालय नक्सालले सामाजिक सञ्जालका ग्रुपहरुमा नजोडिन र जोडिएको भए तत्काल हट्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएको छ ।

प्रचलित नियम कानुनविपरित प्रहरी अधिकारीहरु सामाजिक सञ्जालका म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत ग्रुपहरुमा जोडिएको भन्दै तत्काल त्यहाँबाट हट्न हेडक्वार्टरले निर्देशन दिएको हो ।

प्रहरीका केन्द्रीय प्रवक्ता उमेशराज जोशीद्धारा हस्ताक्षरित विज्ञप्तिमा प्रहरी कर्मचारीबाट संगठनप्रति नै नकारात्मक सन्देश एवंम टिका टिप्पणी प्रवाह हुने गरेको पाइएकाले त्यस्ता ग्रुपबाट हट्न निर्देशन दिइएको छ ।

फेसबुक, भाइबर, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा प्रहरी संगठनविरुद्ध नकारात्मक टिकाटिप्पणी गर्ने गरि बनाइएका ग्रुपहरुमा जोडिएको पाइएमा कारबाही गर्ने चेतावनीसमेत हेडक्वार्टरले दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार