logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मन्त्रीको अभिव्यक्ति प्रती भिम रावलको आप’त्ति


  • राजनीति
  • आइतबार, बैशाख २८ २०७७

सरकारका भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले दिएको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलले आ’पत्ति जनाएका छन् ।

आइतबार बिहान एक रेडियो अन्र्तवार्तामा मन्त्री अर्यालले लिम्पियाधुरा नेपालको नक्सामा नरहेको बताउनु गैरजिम्मेवार अभिव्यक्ति दिएको रावलले बताए ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै रावलले मन्त्री अर्यालको अभिव्यक्ति राष्ट्रिय स्वाधीनता विपरित रहेको उल्लेख गरे ।

यसबारे कुरा गर्दै नेता रावलले भने,‘भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको आज बिहान मैले अन्तर्वार्ता सुने । उहाँ बिरामी परेको भनेर बैठकमा त आउनु भएन । त्यो अन्तर्वार्तामा लिम्पियाधुराको बारेको प्रश्नको उत्तर दिँदा लिम्पियाधुरा नेपालको इतिहासमा कहिले पनि नक्सामा नरहेको भनेर एकदमै ग’लत, झु’टो र नेपालको हित विप’रितको वक्तब्य दिनुभयो । म यसप्रति आ’पत्ति जनाउन चाहन्छु । भारतले नेपालमाथि गरेको अ’तिक्रमणको नि’न्दा भ’त्सर्ना त हामी गर्छौ नै, कालापानी क्षेत्रबाट भारतीय सेना फर्किनु पर्छ भनेर त भनेकै छौँ । त्यो सुगौली सन्धीको धारण वि’परित छ भनेर हामीले भन्दै आएका छौँ । तर सबैभन्दा दुःखको कुरा के छ भने हामीले पटक पटक नेपालको नक्सा प्रकाशन गर्नुप¥यो भनेर गरेको मागलाई व्यवास्ता गर्ने, अनि त्यो नक्सा प्रकाशन गर्नुपर्ने मन्त्रीले लिम्पियाधुरा हाम्रो नक्सामा थिएन भनेर झुटो बयान दिने र नेपालको हित विप’रित कुरा गर्ने यो एकदमै आ’पत्तिजनक छ ।’

उनले आफूले सरकारको वि’रोध गरेको नभइ सरकारमा रहेका व्यक्तिले गलत बोलेको कुराको वि’रोध गरेको बताए । उनले परराष्ट्र मन्त्रालयले भारतीय कदमको वि’रोध स्वरुप जारी गरेको वत्तब्यमा कसैको पनि हस्ताक्षर नहुनु दुःखद भएको बताए ।

भारतले एकतर्फी रुपमा नेपालको भूभाग लिपुलेक हुँदै चीनको सीमासम्म सडक निर्माण गरेपछि नेपालमा चौतर्फी रुपमा वि’रोध भइरहेको छ ।

गत शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले सडकको उद्घाटन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार