राजनीति
पोखरा महानगरपालिकाका एक कर्मचारीमा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ ।
fपोखरा महानगरपालिका २७ वडा कार्यालयमा राजस्व र मालपोतको काम गर्ने ती कर्मचारीमा संक्रमण भेटिएको महानगर स्वास्थ्य शाखाले पुष्टी गरेका छन । सोमबार संक्रमण पुष्टि भएसँगै वडा कार्यालय ३० गतेसम्मलाई बन्द गरिने वडाध्यक्ष पूर्णकुमार गुरुङले बताए ।
वडाध्यक्ष गुरुङसहित संक्रमित कर्मचारी र थप एकजनाले शनिबार स्वाब दिएका थिए । तीमध्ये दुईजनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
ती कर्मचारीमा कोरोना पुष्टी भए लगतै कन्ट्याक्ट् ट्रेसिङ थालिएको स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।