logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

शितलनिवासमा फाेन अफ, गेट कुर्दै रावल भुसाल


  • राजनीति
  • बुधबार, पुष १ २०७७

संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।

अध्यादेशको विषयमा छलफल गर्न विशेष अधिवेशनको माग गर्दै नेकपा सांसद भीम रावल र पम्फा भुसाल १२ बजेर ४८ मिनेटमा राष्ट्रपति कार्यालय पुगेका थिए ।

तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र ८० भन्दा बढी सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् । राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई घण्टौं कुर्दा पनि भेट्न नसकेको नेताहरुले बताएका छन् । उनको मोवाइल पनि स्वीच अफ रहेको छ ।

आफूहरुको निवेदन षड्यन्त्रपूर्वक बुझ्न नमानेको शीतल निवास पुगेका नेताहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार