logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

२७ सांसदलाई पदबाट बर्खास्त गर्दै एमाले, काे काे परे हेर्नुस् [नामसहित]


  • राजनीति
  • मंगलबार, बैशाख ७ २०७८

सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निकट सांसदहरुको सूची बनाएर कारबाही गर्ने तयारी गरेका छन् । कारबाहीको सूची बनाइएका प्रतिनिधि सभाका २७ जना सांसद छन् । उनीहरु ओलीविरुद्ध अविश्वासको प्रस्ताव आएको खण्डमा फ्लोर क्रस गर्न सक्नेहरु मानिएको छ ।

सांसद पदबाट नै मुक्त गर्ने सूचीमा प्रत्यक्ष निर्वाचित माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुसाल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, दिपकप्रकाश भट्ट, कृष्णलाल महर्जनका अलावा समानुपातिकतर्फ गरी कुल २७ जना सांसद रहेका छन् । उनीहरु माधव नेपालको निर्देशन मान्ने खालका नेताहरु रहेको भन्दै कारबाही गर्न लागिएको हो ।

प्रतिनिधि सभामा आफूविरुद्ध अविश्वासको प्रस्ताव आउनसक्ने संकेत पाएपछि ओलीले पार्टीभित्रै कारबाहीको डण्डा चलाउन लागेका हुन् । फ्लोर क्रस गर्न सक्नेहरुलाई पदमुक्त गरेर ओलीले सत्ता सुरक्षित गर्दै चुनावमा जाने रणनीति बनाएको बुझिएको छ ।

यसैगरी, कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ४ सांसद र अर्का एक गरी ५ जनामाथि पनि कारबाही हुने भएको छ । सबैजनालाई प्रदेशसभा सांसदबाट पदमुक्त गरिने भएको छ ।

कारबाहीको तयारीसहित सूचीमा राखिएका सांसदहरु
माधवकुमार नेपाल

झलनाथ खनाल
भीम रावल
सुरेन्द्र पाण्डे
घनश्याम भुसाल
योगेश भट्टराई
सोमप्रसाद पाण्डे
विरोध खतिवडा
यज्ञराज सुनुवार
दिपकप्रकाश भट्ट
कृष्णलाल महर्जन
मुकुन्द न्यौपाने
रामकुमारी झाँक्री
पवित्रा निरौला
झपट रावल
मेटमणि चौधरी
जीवनराम श्रेष्ठ
भवानी खापुङ
नारायण खतिवडा
जयकुमार राई
गणेश पहाडी
हिराचन्द्र केसी
पुष्पाकुमारी कर्ण कायस्थ
कल्याणी खड्का
लक्ष्मीकुमारी चौधरी
सरलाकुमारी यादव
नीरादेवी जैरु

कर्णाली प्रदेशका सांसद

प्रकाश ज्वाला
नन्दसिंह बुढा
कुर्मराज शाही
अम्बरबहादुर थापा
देवी ओली

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार