logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

(नेकपा)को चियापान भोली ,विप्लवको प्रतिनिधित्व कसले गर्ला


  • राजनीति
  • शुक्रबार, कार्तिक ९ २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोली शनिबार आयोजना गर्न लागेको चियापान कार्यक्रममा नेत्रविक्रम चन्ददेखि सीके राउतसम्मलाई निम्तो दिएको छ ।

पार्टी एकतापछि पहिलोपटक दशैं, दीपावली, नेपाल संवत् र छठ पर्वलगायतका अवसरमा आयोजना गर्न लागेको शुभकामना एवं चियापान कार्यक्रममा ५० हजारभन्दा बढीलाई निम्तो गरिएको छ ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवदेखि छुट्टै मधेस देश निर्माणको आन्दोलन गरिरहेका स्वतन्त्र मधेस गठबन्धनका नेता सीके राउतलाई निम्तो गरिएको बताए । तर यो बारेमा विप्लव नेतृत्वको नेकपाले खास प्रतिक्रिया दिएको छैन । एक स्रोतका अनुसार उत्त चियापानमा विपलवको बाट कोहि सहभागी नहुने बताइएको छ ।

(नेकपा)ले आयोजना गरेको चियापानमा नागरिकको हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई निम्ता दिईएको छैन । यद्यपि, शाही कालका मन्त्री एवं नेताहरुलाई भने निम्ता दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार